
बागलुङ । भारी वर्षाका कारण पहिरोले एक सय ३२ केभी बुर्तिबाङ सबस्टेशनको पर्खाल बगाएको छ ।
पहिरोले ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित सबस्टेशनको पर्खाल बगाउँदा साढे एक करोडको क्षति भएको हो । यसै वर्ष सञ्चालन गर्नेगरी निर्माणाधीन सबस्टेशनको पर्खालसहित विद्युतीय पोल समेत बगाएको एक सय ३२ केभी बुर्तिबाङ सबस्टेशन आयोजानका प्रमुख मनोज चौधरीले जानकारी दिनुभयो । पर्खाल भत्किएपछि सबस्टेशनको भवनसहित अन्य संरचना समेत उच्च जोखिममा परेको उहाँको भनाइ छ ।
असार पहिलो साता नै सञ्चालनमा ल्याउनेगरी आयोजना कार्यालयले काम अगाडि बढाए पनि बडिगाड गाउँपालिका–५ ग्वालीचौरका स्थानीयको अवरोधका कारण अहिलेसम्म सञ्चालनमा आउने थिएन । स्थानीयवासीले केन्द्रीय प्रसारण लाइनको टावर निर्माण गर्न नदिँदा सञ्चालनमा आउन सकेको थिएन । ९९ प्रतिशत सबस्टेशनको काम सकिए पनि पहिरोले पुनःनिर्माण गर्नुपर्ने स्थिति आएको प्रमुख चौधरी बताउनुहुन्छ ।
आयोजना चौधरीले भन्नुभयो– ‘सबस्टेशनको पर्खाल भत्किएर त्यसभन्दा तलको खोला थुनिएको रहेछ, अहिले खुलेको छ, पहिरोले पक्की पर्खाल बगाउँदा ठूलो क्षति भएको छ, करिब एक करोड ५० लाख रुपैयाँ बढीको क्षति हुँदा सबस्टेशन सञ्चालन गर्न केही समय लाग्ने छ, पहिरो गएको ठाउँमा फेरि काम गर्नुपर्यो ।’
कपिलवस्तुको मोतिपुरबाट शुरु भएर अर्घाखाँचीको सन्धिखर्क गुल्मीको तम्घास, पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने एक सय ३२ केभीको सबस्टेशन २०७८ सालदेखि निर्माण सुरु भएको थियो । ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा सबस्टेशनको निर्माण भएको छ । विसं २०७६ मा ठेक्का प्रक्रिया अगाडि बढाए पनि दुई वर्षपछि मात्र काम शुरु भएको थियो ।
मोतिपुरबाट सन्धिखर्कसम्मको लाइन २०७८ चैत १२ गते परीक्षण गरी शुरु गरिएको भन्दै गुल्मीको तम्घासको सबस्टेशन असार ७ गतेदेखि सञ्चालनमा आएको प्रमुख चौधरीले जानकारी दिनुभयो । गुल्मीको पौँदीअमराई र बागलुङको बुर्तिबाङ सबस्टेशन एकैपटक सञ्चालन गरिने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार पौँदीअमराईबाट बुर्तिबाङसम्मको १४ किलोमिटरको दूरीमा ४१ वटा टावर निर्माण गर्नुपर्ने भन्दै हालसम्म २६ वटा निर्माण भइसकेको र अझै केही निर्माण गर्न बाँकी छन् ।
सबस्टेशन निर्माणका लागि पाँच वर्ष अगाडि ठेक्का प्रक्रिया गरी ४० करोडमा मुडभरी/जोशी/गौरा जेबीलाई जिम्मा लिएको थियो । लाइन विस्तारका लागि ८३ करोड रुपैयाँको लागतमा सिक्माकोन/एमएसपील जेभीलाई जिम्मा दिइएको थियो । कपिलवस्तुबाट बुर्तिबाङ ८६ किलोमिटर दूरी रहेको छ । यहाँ डबल सर्किटको तार विस्तार हुने प्रमुख चौधरी बताउनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति