
काठमाडौँ । केही दिनअघिको अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठप्प काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थालेसँगै सडकयात्रामा केही हदसम्म सहजताको स्थिति बनेको छ ।
धादिङको झयाप्ले खोलाको सडकमा खसेको पहिरो पन्छाउने कार्य पूरा भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग भएर गुड्ने सवारी आवागमन सञ्चालन भएको छ । पूर्वतर्फ साँगाभञ्याङ भएर बाहिरिने सवारीसाधन अरनिको राजमार्ग हुँदै चौतारासम्म तथा बिपी राजमार्गतर्फ भकुण्डेबेँसीसम्म सञ्चालनमा रहेको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायव उपरीक्षक रविन कार्कीले जानकारी दिनुभयो ।
नुवाकोटतर्फ जाने नाका खुले पनि त्यहाँबाट भने ठूला सवारीसाधन आवागमनमा केही कठिनाइ रहेको उहाँको भनाइ छ । दक्षिणकाली भएर उपत्यका छाड्ने सडक भने सञ्चालनमा आउन सकेको छैन । बाढीपहिरोबाट पक्की पुल बगाएका र नदीले सडक कटान गरी ठूलो क्षति पुर्याएका स्थानमा भने अझै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने छ ।
केही दिनअघिको बाढीपहिरोबाट मुलुकका ५० भन्दा बढी सडकको एक सय बढी ठाउँमा क्षति पुर्याएको थियो । सानाठूला गरी २० वटा पुल बगायो । बाढीपहिरोका कारण यात्राका क्रममा बीच बाटोमा रोकिएका यात्रुलाई गन्तव्यमा पुर्याउने कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी अहोरात्र खटिरहेका छन् । तथापि, केही राजमार्गका केही खण्डमा यातायातका साधन सञ्चालनमा आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ ।
यसैबीच, नजिक आइरहेका बडादसैँलगायत चाडपर्वका कारण काठमाडौँमा न्यूरोडसहितका सहरी क्षेत्रमा किनमेल गर्नेको भीडभाडले केही दिनदेखि सवारीसाधन व्यवस्थापनमा चाप बढेको छ । पछिल्ला दिन कोटेश्वर, त्रिपुरेश्वर, बानेश्वर, थापाथली, माइतीघर, पुतलीसडक, गौशला, महाराजगञ्ज चक्रपथ, गोङ्गबु, कालीमाटी र कलङ्की क्षेत्रमा तुलनात्मक रूपमा सवारी आवागमन बाक्लो देखिएको नायब उपरीक्षक कार्की बताउनुहुन्छ ।
उपत्यकाभित्रका खोला करिडोर सडकमा बाढीपछिको हिलो पन्छाउने कार्य पूरा भएसँगँ उपत्यकामा सडक यातायात व्यवस्थापन केही हदसम्म सहज हुने ट्राफिक प्रहरीको ठम्याइ छ ।
बडादसैँ लगायत चाडबाड मनाउन ठूलो सङ्ख्यामा राजधानी बाहिर जाने यात्रीका सहयोग र सहजताका लागि उपत्यका ट्राफिक कार्यालयले काठमाडौँ, ललितपुर र भक्तपुरका १४ स्थानमा नागरिक सहायता कक्षको व्यवस्था गरेको छ । सहायता कक्ष यात्रु बिचौलियाबाट ठगिन नपरोस् र सर्वसाधारण नागरिकको यात्रा सहज र सुविधाजनक होस् भन्ने हेतुले स्थापना गरिएको कार्यालयले जनाएको छ ।
उपत्यका ट्राफिक कार्यालयले बिचौलियाबाट बच्न आधिकारिक टिकट काउण्टरबाट टिकट लिएर मात्र यात्रामा निस्कन सुझाव दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति