
सर्लाही । पर्सा गाउँपालिका–५ स्थित आफ्नै घर अगाडिको कुलोमा डुबेर बालिकाको मृत्यु भएको छ ।
स्थानीय बब्लु अन्सारीकी छोरी दुई वर्षीया आईसा खातुनको कुलोमा डुबेर आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर अगाडि खेल्दै गरेकी खातुनलाई नदेखेपछि परिवारले आज दिउँसो प्रहरीमा खबर गरेका थिए । तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले खोजतलास गर्दा घरदेखि एक सय ५० मिटर दक्षिणतर्फ कुलोको पानीमा डुबेर मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबीच सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियामा हिजो करेन्ट लागेर दुई वर्षीय एक बालकको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति