
काठमाडौँ । सरकारद्वारा श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले नाम फिर्ता लिनुभएको छ । भट्टराईले व्यस्तताको कारण जनाउँदै राजदूत नियुक्तिको प्रक्रियाबाट नाम फिर्ता लिन संसदीय सुनुवाइ समितिमा निवेदन दर्ता गराउनुभएको छ ।
प्रस्तावित राजदूत भट्टराईको विषयमा निर्णय लिनका लागि संसदीय सुनुवाइ समितिको बैठक आज ३ बजे बोलाइएको छ । बैठकले प्रस्तावित राजदूतले नाम फिर्ता लिने निवेदन दिएको अवस्थामा के गर्ने भन्नेबारे छलफल गरी निर्णय लिने सुनुवाइ समितिका सभापति इश्वरीदेवी न्यौपानेले बताउनुभयो ।
न्यूनतम योग्यता नपुगेको व्यक्तिलाई सरकारले सिफारिस गरेर पठाउनु ठिक नभएको सभापति न्यौपानेको भनाइ छ । ुपरराष्ट्र मन्त्रालयले हेरेर पठाउनुपर्ने हो । उहाँको न्यूनतम योग्यता नै पुगेन । यो फरक अवस्था रहेकाले कसरी निर्णय गर्ने भनी समितिमा छलफल गर्छौं,ु उनले भनिन् ।
भट्टराईलाई राजदूतमा सिफारिस गरेको मंगलबार ४५ दिन पुग्दैछ । आजै ४५ दिन पुग्नेभएकाले समितिले आज निर्णय लिनुपर्ने हुन्छ । तर, भट्टराईले भने असोज ११ गतेसम्म समय मिलेमा स्नातक पास गरेको प्रमाणपत्र ल्याउन सक्ने बताउनुभएको छ ।
भट्टराईले भने ४५ ५० वर्षपहिले कलकत्तामा पढेको र प्रमाणपत्र हराएको बताउदै आउनुभएको छ । केहीदिन समय दिने हो भने आफूले सर्टिफिकेट ल्याउन सक्ने दाबी गर्दै आउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति