
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वार्षिक प्रणालीतर्फ २०५८ र सेमेस्टरतर्फ २०६९ को सीमा कटेका विद्यार्थीलाई मौका परीक्षाको अवसर दिने भएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले मौका परीक्षाको अवसर दिने निर्णय गरेको हो ।
बैठकले त्रिवि अन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका विद्यार्थीहरूको हकमा वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाल अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिइने निर्णय गरेको हो ।
बैठकले विद्यार्थीले जुनसुकै तहको परीक्षामा एआईको प्रयोग गरे परीक्षा रद्द गर्ने निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति