
बारा। बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको छ । कोल्हबी नगरपालिका– २ भलुयाहीखोरमा करिब १५ वर्षको जङ्गलीहात्ती मृतावस्थामा फेला परेको कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले जानकारी दिनुभयो ।
स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मृतावस्थामा फेला परेको हो । हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको अवस्थामा फेला परेको हो । जङ्गलमा करेन्ट के उद्देश्यले, कसले, किन लगाएको हो भन्ने कुरा अनुसन्धान भइरहेको र चाँडै विद्युतीय धराप थाप्ने व्यक्तिलाई पक्राउ गर्ने सबडिभिजन वन कार्यालयले जनाएको छ । यसअघि विसं २०८० फागुनमा समेत सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ मृतावस्थामा फेला परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति