
काठमाडौँ । कपनको स्याल्पा गुम्बास्थित हिमालयन हेरिटेज रिट्रिटमा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइएको छ । ‘विश्वव्यापी शान्ति पर्व’ले विश्वव्यापी सद्भाव र अहिंसाको सशक्त सन्देशसहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाएको हो ।
भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वव्यापी शान्ति अभयारण्य निर्माणका लागि सचेतना र समर्थन गर्न आयोजित कार्यक्रमले विश्वभरका शान्ति दूत, कूटनीतिज्ञ र सांस्कृतिक व्यक्तित्वहरुलाई एकै थलोमा सहभागी भएका थिए ।
कार्यक्रममा एकता र शान्तिको भावनालाई जोड दिने उद्देश्यले परम्परागत नेपाली नृत्य र नाट्य प्रस्तुतिसहित जीवन्त सांस्कृतिक प्रर्दशनहरु समेत प्रस्तुत गरिएको थियो ।
त्यस अवसरमा आध्यात्मिक गुरु श्याल्पा तेन्जिन रिन्पोछेले यस क्षणलाई सुपयोग गर्न र शान्तिलाई मौलिक जन्मसिद्ध अधिकारका रुपमा लिन आग्रह गर्नुभयो । उहाँले शान्ति मानिको जन्मसिद्ध अधिकार भएको बताउनुभयो ।
‘हामी शान्तिलाई सामान्य रुपमा लिन्छौँ । एक पारस्परिक जिम्मेवार व्यक्तिको हैसियतमा हामी आफूलाई बुद्धिमान र परिष्कृत ठान्छौँ’ उहाँले भन्नुभयो– ‘यदि हामीले हरेक पल अर्को क्षण नभएको जस्तो गरी बाँच्ने प्रयास गरेनौ भने, हामीले शान्तिको वास्तविक अर्थ बुझेका छैनौ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति