
काठमाडौँ । नेपालको कृषि क्षेत्रको समग्र विकासको लागि ‘कृषि विकास प्राधिकरण’ बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
कृषि क्षेत्र उपेक्षामा परिरहेको बेला यसलाई सुधार्न प्राधिकरण नै आवश्यक रहेको उल्लेख अधिवक्ताहरु अर्जुनकुमार अर्याल‚ शकुन्तला भुसाल र सञ्जय न्यौपानेले सर्वोच्चमा रिट दायर गर्नु भएको हो ।
रिटमा कृषि उत्पादन बिक्री मूल्य सुनिश्चित हुनुपर्ने ‚ किसानहरुलार्ई सहुलियत कर्जा उपलब्ध गराइनुपर्ने, बीउ संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने, भूमि बैकमार्फत जग्गाजमिन लिज वा भाडामा लिन सकिने व्यवस्था गरिनुपर्ने, उपभोक्ता र उत्पादक सिधा जोडिने प्रभावकारी संयन्त्रको निर्माण तथा शक्तिशाली कृषि विकास प्राधिकरण गठन गर्नुपर्ने लगायत माग गरिएको छ ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय‚ कृषि तथा पशुपंक्षी विकास मन्त्रालय‚ अर्थ मन्त्रालय‚ कृषि विभाग‚ र नेपाल राष्ट्र बैक समेतलाई विपक्षी बनाइएको छ । रिटको सुनुवाइ भदौ ६ गतेलाई तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति