
बागमती । मकवानपुरका विभिन्न स्थानमा अवस्थित धार्मिक तथा पर्यटकीय सम्पदा प्रवर्द्धन गर्न असोज ५ गते शनिबार ‘हेटौँडा सम्पदा यात्रा २०८१’ आयोजना हुँदैछ ।
हेटौँडास्थित एडभेञ्चर क्लबले आज पत्रकार सम्मेलन गरी प्रदेशको राजधानी हेटौँडा र मकवानपुरगढी क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यले सम्पदा यात्रा आयोजना गरिएको क्लबका अध्यक्ष सुशील सुवेदीले जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिका–४ स्थित महादेव मन्दिरबाट प्रारम्भ हुने मोटरसाइकलसहितको यात्रा भुटनदेवी मन्दिर, पाथिभरा मन्दिर, पुण्यक्षेत्र, स्मारक, वृन्दावन, कुष्माण्ड सरोवर, फरेष्टि गुम्बा, कर्रा गुम्बा, चुरियामाइ मन्दिर, जुरेथुम, गुम्बाडाँडा, राजदेवी गुफा, सालक पार्क पुग्ने छ ।
हेटौँडाका विभिन्न क्षेत्रको भ्रमणपछि सोही दिन यात्राको टोली मकवानपुरगढीस्थित दरबार क्षेत्र, वंशगोपाल मन्दिर, मनकामना, वनस्खण्डी, दक्षिणकाली, रुद्रेश्वर मन्दिर, मनमोहन उद्यान कमाने हुँदै वनदेवी मन्दिरबाट पुनः हेटौँडास्थित महादेव मन्दिरमा पुगेर समापन हुने अध्यक्ष सुवेदीले बताउनुभयो ।
‘हेटौँडा सम्पदा यात्रा’ मा ३ लाख रुपैयाँ खर्च हुने अनुमान सुनाउँदै अध्यक्ष सुवेदीले यात्रामा सहभागी हुन दर्ता शुल्क ३ सय रुपैयाँ निर्धारण गरिएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति