
उदयपुर । त्रियुगा नगर अस्पतालले सेवा सञ्चालन गरेको छ । त्रियुगा नगरपालिका– ५ देउरीमा नगरपालिकाले अस्पताल सञ्चालन गरेको हो ।
त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले बिहीबार आयोजित कार्यक्रममा अस्पतालको उद्घाटन गर्दै नगर क्षेत्रका बिरामीलाई जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो । त्रियुगा नगरपालिकाले नगर अस्पताल सञ्चालन गरेपछि जिल्ला अस्पतालमा बिरामीको चाप घट्ने र सेवा सहज बन्ने विश्वास व्यक्त गर्नुभयो ।
अस्पतालमा तीन जना डाक्टर, तीन जना सहयोगी ,तीन वरिष्ठ स्वास्थ्य सहायक, दुई स्टाफनर्ससहित १६ जनाले सेवा प्रवाह गरेका छन् । हाललाई आकष्मिक, प्रसूति, परिवारनियोजन, प्रयोगशाला सेवा उपलब्ध रहेको अस्पतालका प्रशासन अधिकृत उपेन्द्र कार्कीले बताउनु भएको छ ।
एक लाख ७५ हजार जनसङ्ख्या रहेको त्रियुगा नगरपालिका क्षेत्रमा नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य समस्या घट्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति