
काठमाडौँ । नेसनल डे कन्सर्ट नाम दिइएको दरबारमार्ग कन्सर्टमा हजारौं सर्बसाधारण सहभागी भएका छन् । प्रायः हरेक सहभागीहरुले हातहातमा राष्ट्रिय झण्डा बोकेका छन् । जसले गर्दा कन्सर्ट राष्ट्रिय झण्डाले ढपक्क ढाकेको छ ।
संविधान दिवसको अवसर पारेर आज संचालन भइरहेको नेसनल डे कन्सर्टका लागि करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।
कन्सर्टमा एलिमेन्ट्स ब्यान्डको प्रस्तुति रहने छन् । त्यस्तै, गायक स्वप्न सुमन, कुटुम्ब ब्यान्ड, सुगम पोखरेलले गाउने कार्यक्रम छ। त्यसैगरी, अन्तरा ब्यान्ड, दिपक लिम्बू, आनन्द कार्की, कुन्ति मोक्तान, देविका बन्दना, सुवानी मोक्तान लगायत पनि कन्सर्टमा सहभागी हुने कार्यक्रम रहेको छ ।
कन्सर्ट सञ्चालन गर्न सरकारले समन्वय र सहजीकरण गरेको छ । उक्त कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुहुने जनाइएको छ । हिजोदेखि दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति