
कर्णाली । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको अक्षरशः पालना हुन सकेमात्र नागरिक अधिकार सुनिश्चित हुने बताउनुभएको छ ।
संविधान तथा राष्ट्रिय दिवसको अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले सङ्घीय, समानुपातिक, धर्मनिरपेक्ष र समावेशी विशेषता बोकेको नेपालको संविधान कार्यान्वयनका लागि राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी र नेपाली जनता एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो– ‘संविधानमा उल्लेख गरिएका कुरा सबै कार्यान्वयन भएका छैनन् भन्नु अहिले नै उपयुक्त नहोला ।’ प्रदेश प्रमुख जोशीले यो व्यवस्थाको प्रभावकारी कार्यान्वयनले मात्र जनताको अवस्था बदलिने जिकिर गर्नुभयो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले संविधान लेख्दा कालो अक्षर भएपनि जनताको रगतबाट लेखिएको संविधान भएको उल्लेख गर्नुभयो । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा कमी कमजोरी मात्र नभई विकल्प खोज्ने छुट रहेको उहाँले जनाउनुभयो । यद्यपि यसको कार्यान्वयनमा तीन तहका सरकारको आपसी समन्वय हुनुपर्ने उहाँको भनाइ छ ।
कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले संविधान नेपाली जनताको हकअधिकारका सर्वाङ्गीण क्षेत्रको दस्तावेज रहेको बताउनुभयो । उहाँका अनुसार ऐतिहासिक उपलब्धिको रक्षा संविधानको परिपालनाबाट मात्र हुन्छ ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले संविधानमा व्यवस्था गरिएका हकअधिकार लागु हुन सकेमात्र मुलुकको समृद्धि र विकास हुने बताउनुभयो । ‘करिब तीन दर्जन हाराहारीमा मौलिक हक छन् र ती सबैको कानुन बनेको छैन’ उहाँले भन्नुभयो– ‘एकल तथा साझा सूचीका अधिकारअनुसार जान कञ्जुस्याई गर्दा संविधान र सङ्घीयता कार्यान्वयनमा चुनौति थपिएको छ ।’
कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चुडामणि पौडेलले संविधान र सङ्घीयताको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकसहित नागरिकको हित हुने बताउनुभयो ।
अहिलेको अवस्थाबाट माथी उठेर सबै तह, निकाय अर्थात क्षेत्रले आ–आफ्नो जिम्मेवारी र दायित्व पुरा गरे सुशासन कायम हुने एवं संविधानअनुसार अपेक्षित गन्तव्यमा पुग्न सकिने प्रमुख सचिव पौडेलको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति