
पर्सा । आर्थिक र औद्योगिक नगरीको रुपमा परिचित पर्सा जिल्लामा जीवन बीमाप्रति सर्वसाधारणको आर्कषण न्यून देखिएको छ । बीमासम्बन्धी जनचेतनाको कमीले यहाँका सर्वसाधारणमा बीमाप्रतिको आकर्षण न्यून देखिएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार आव २०८०/८१ सम्मको अवधिमा जीवन बीमा शुल्क सङ्कलनमा पर्साको हिस्सा एक दशमलव ८८ प्रतिशत मात्रै छ । प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले आर्थिक र औद्योगिक नगरीको रुपमा पर्सा चिनिए पनि जीवन बीमा र निर्जीवन बीमाप्रति सर्वसाधारणको आकर्षण न्यून रहेको जानकारी दिनुभयो ।
‘जिल्लामा आव २०८०/८१ सम्मको अवधिमा जीवन बीमा तर्फ जारी बीमालेख सङ्ख्या १२ हजार ५५ रहेको छ’ उहाँले भन्नुभयो, ‘‘जीवन बीमाको सक्रिय बीमालेख सङ्ख्या १२ लाख ३ हजार ४ सय ७७ छ ।’ प्राधिकरणका अनुसार गत आवमा जिल्लामा जीवन बीमाको भुक्तानी सङ्ख्या ६ हजार ८ सय २० रहेको थियो । त्यो अवधिमा दाबी भुक्तानी रकम ८७ करोड ८८ लाख रुपैयाँरहेको छ ।
जिल्लामा आव २०८०÷८१ सम्म जारी निर्जीवन बीमा लेख सङ्ख्या ८४ हजार सात सय २३ रहेको छ । त्यो अवधिमा निर्जीवन बीमातर्फ बीमा शुल्क सङ्कलन एक अर्ब १३ करोड १६ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै निर्जीवन बीमा शुल्क सङ्कलनमा जिल्लाले दुई दशमलव ७५ प्रतिशत मात्र हिस्सा ओगटेको छ । जिल्लामा निर्जीवन बीमाको दाबी भुक्तानी सङ्ख्या दुई हजार पाँच सय ६७ रहेको छ । त्यस अवधिमा निर्जीवन बीमाको दाबी भुक्तानी रकम ६४ करोड ८२ लाख रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति