
काठमाडौँ । राष्ट्र निर्माण मञ्च नेपालद्वारा हालै काठमाडौँमा आयोजित ‘नेपाल युथ समिट’ बृहत् अन्तरक्रिया र छलफलसहित सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
युथ समिटमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका ख्यातिप्राप्त व्यक्तिहरू प्यानलिस्टका रूपमा सहभागी हुनाका साथै देशभरका पाँच सयभन्दा बढी युवाले सहभागिता जनाएका संयोजक भूपेन्द्रजङ्ग शाहीले जानकारी दिनुभयो ।
देश निमार्णको साझा सङ्कल्प गर्ने उद्देश्यले देशका विभिन्न क्षेत्रमा काम गरिरहेका, आफ्नो ऊर्जाशील समय कुनै क्षेत्रको उत्थानका निम्ति खर्चिरहेका युवालाई एउटै मञ्चमा ल्याएर समिट आयोजना गरिएको शाहीले बताउनुभयो ।
दुई दिनसम्म चलेको समिटको पहिलो दिन शुक्रबार आयोजित उद्घाटन सत्रमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मा, सांसदहरू विनोद चौधरी, सोविता गौतम, मैना कार्की, पूर्वसांसद नविना लामा, रीता शाहीलगायतको सहभागिता रह्यो ।
समिटमा उद्यमी विदुषी राणा, खेलाडी पलेशा गोवर्धन, व्यवसायी भरत ढकाल, बैङ्कर्स मनोज ज्ञवाली, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, वरिष्ठ पत्रकार दिलभूषण पाठक, नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष चिकित्सक अनिल कार्की, नेपाल शिक्षक महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, अभिनेता सनम कठायत, अभिनेत्री उषा रजक, गायिका राधिका हमाल, कार्यक्रम सञ्चालिका मञ्जु पौडेललगायत विभिन्न क्षेत्रका युवा, विज्ञ, उद्यमीहरू, युवानेता, चलचित्रकर्मी, लेखक, साहित्यकार, सामाजिक अभियन्ता, जनप्रतिनिधिलगायत पाँच सयभन्दा बढीको सहभागिता रहेको थियोे । अन्तरक्रिया, बहस र छलफलमार्फत सातबुँदे घोषणापत्र जारी गर्दै समिट सम्पन्न भएको संयोजक शाहीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति