
महोत्तरी । इस्लाम धर्म प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिन मनाउन महोत्तरीका गाउँनगर बस्तीमा चहलपहल बढेको छ । ‘मोहम्मद डे’ भनिने पर्व नेपालमा भदौ ३१ गते मनाइँदैछ ।
धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको इस्लामिक पात्रो हिजरी सम्वत् परम्पराको रवि उल अव्वल महिनाको १२ तारिखका दिन जन्म भएको मानिन्छ । यसअनुसार यसपाली त्यस दिन भोलि सोमबारपर्ने हुँदा यहाँका मुस्लिम बस्ती पर्वको चहलपहलमा छन् । यसपालि हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती मनाइँदैछ ।
इस्लाम परम्परामा ‘मोहम्मद डे’ महत्वपूर्ण मानिन्छ । इस्लाम (मुस्लिम) धर्मावलम्बी यो पर्व साताव्यापी मनाउँछन् । महोत्तरीका मुस्लिम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्तीमा अहिले बस्ती सरसफाइ, रङरोगन र जताततै भिलिमिली बत्ती जडान गरिएका छन् । जिल्लाका १५ वटै (सबै) स्थानीयतहमा धेरैथोरै बसोबास भए पनि जलेश्वर, सम्सी, लोहारपट्टी, भङ्गाहा, मटिहानी र रामगोपालपुरका अधिकांस बस्ती मुस्लिम बसोबास बाहुल्यताका छन् । यी बस्तीमा ‘मोहम्मद डे’ पर्वको अहिले खास उल्लास देखिँदो छ ।
पर्वको मुख्य दिन भोलि बस्तीबस्तीमा इस्लाम धर्मावलम्बीले सद्भाव ¥यालीको आयोजना गर्दैछन् । सबैप्रति उच्च सम्मान, आपसी एकता, परोपकार र अहिंसा यस पर्वको मुख्य सन्देश हुने भङ्ेगाहा–८ का वडाध्यक्ष मोहम्मद शरीफ राइन बताउनुहुन्छ ।
पर्वमा एकाबिहानै नुहाएर विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (ईश्वर) को पुकारा गर्दै हजरत मोहम्मद पैगम्बरका उपदेश सुन्छन् । ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने चलन छ ।
पर्वमा मिष्टान्न परिकार खाने खुवाउने चलन छ । यो पर्वले सबैप्रति रहम (करुणा) गर्न र संसारभरिका मानवजातिसम्म हजरत मोहम्मद पैगम्बरको शुभ सन्देश पु¥याउँदै धार्मिक सद्भावका लागि अपिल गरिनु मुख्यपक्ष भएका भङगाहा–४ का बासिन्दा कुरानका अध्येता ८५ वर्षीय हाजी बिहारी अन्सारी बताउनुहुन्छ ।
‘मोहम्मद डे’ पर्वका लागि मधेस प्रदेश सरकारले भोलि सोमबार सार्वजनिक बिदा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति