
कैलाली । जनता आवास कार्यक्रमअन्तर्गत ६ सय ३२ घर निर्माण सम्पन्न भएका छन् ।
सङ्घीयतापछि स्थापना भएको प्रदेश अन्तर्गतको शहरी विकास तथा भवन कार्यालय कैलालीले हालसम्म कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहमा ती घर निर्माण गरेको हो ।
न्यून आय भएका दलित एवं विपन्न परिवारका लागि कैलालीमा २ सय ६६ र कञ्चनपुरमा ३ सय ६६ घर निर्माण गरिएको कार्यालयका इञ्जिनीयर एवं सूचना अधिकारी रोहित अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकामा ४९, गोदावरी नगरपालिकामा ३८, घोडाघोडी नगरपालिकामा २८ र भजनी नगरपालिकामा २७ घर निर्माण गरिएका छन् ।
यसैगरी बर्दगोरिया गाउँपालिकामा २४, गौरीगङ्गा नगरपालिकामा १२, लम्कीचुहा नगरपालिकामा ३९, जानकी गाउँपालिकामा १९ र टीकापुर नगरपालिकामा ३० घर निर्माण गरिएको इञ्जिनीयर अधिकारीले जानकारी दिनुभयो ।
यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ५६, पुनर्वास नगरपालिकामा ५०, बेलौरी नगरपालिकामा ४३, बेदकोट नगरपालिकामा ५६, भीमदत्त नगरपालिकामा एक सय ११ र महाकाली नगरपालिकामा ५० घर निर्माण गरिएको इञ्जिनीयर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ६ सय पाँच घर सङ्घीय सरकारको बजेट र २७ घर प्रदेश सरकारको बजेटबाट निर्माण भएका हुन् । कञ्चनपुरको भीमदत्त नगरगपालिकामा निर्माण गरिएका एक सय ११ घरमध्ये २७ घर प्रदेश सरकारको बजेटबाट निर्माण भएको उहाँले बताउनुभयो ।
घर निर्माणका लागि प्रतिपरिवार ३ लाख ३६ हजार रुपैयाँ उपलब्ध गराइएको थियो । उपभोक्ता समिति र लाभग्राहीको न्यूनतम १० प्रतिशत श्रमदानमा घर निर्माण गरिएका इञ्जिनीयर अधिकारीले बताउनुभयो । आव २०७५र७६ देखि आव २०७९ र ८० को अवधिमा ती घर निर्माण सम्पन्न भएका हुन् ।
आव २०८०र८१ मा जनता आवासका लागि कैलालीमा चार करोड ३३ लाख र कञ्चनपुरमा ४ करोड ४६ लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको थियो । जनता अवासका लागि चालु आवमा सङ्घीय सरकारबाट बजेट उपलब्ध नभएको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति