
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित भोटेकोसी नदीमा गाडी खसेको आशंकामा खोजीकार्य थालिएको छ।
शुक्रबार दिउँसो बाह्रबिसे नगरपालिका वडा नम्बर ६ स्थीत सडकबाट गाडी भोटेकोसी नदीमा खसेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरन्जन भट्टराईले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार नदिमा गाडीको टायर जस्तो देखिन्छ। धेरै बाढी पनि आइरहेकोले खोज्न समस्या भइरहेको छ। पानी ठूलो परिरहेको छ। त्यसैले खोज्न गाह्रो भएको छ। कुन गाडी खसेको हो भन्ने नि थाहा छैन। कति सवार थिए भन्ने नि जानकारीमा आएको छैन।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खोजी कार्यमा जुटेको उहाँले बताउनुभयो । क्रेनको सहायतामा गोताखोरसहितको टोलीले खोजी रहेको भट्टराईले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति