
काठमाडौँ । नेपाल पत्रकार महासंघले केन्द्रीय, प्रदेश र शाखा समितिको निर्वाचन असोज १२ गते गर्ने भएको छ । असोज ५ गतेका लागि तय भएको निर्वाचन अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि प्रभावित भएको थियो ।
कार्यवाहक अध्यक्ष रमेश विष्टले शुक्रबार विज्ञप्ति जारी गर्दै निर्वाचन असोज १२ गते शनिबार गर्ने गरी सम्पूर्ण तयारी गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी दिनुभएको छ ।
महासंघले शुक्रबार नै सम्पूर्ण मतदाताको नामावली समेत निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ । मतदाता सूची शनिबारका सार्वजनिक गरी सोही दिन निर्वाचन प्रयोजनका लागि तालिका सार्वजनिक गर्ने समझदारी भएको कार्यवाहक अध्यक्ष विष्टले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति