
काठमाडौँ । प्रेस चौतारी नेपालले ‘अध्यक्ष गणेश बस्नेतलाई अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर पक्राउ गर्न खाजेको भन्दै आपत्ति जनाएको छ ।
प्रेस चौतारीले ‘काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा संगठनको कार्यक्रम भइरहेको बेला बिहीबार दिउँसो ४ बजेतिर नेपाल प्रहरीको केन्द्रीय साइबर व्यूरोको अधिकारी भन्दै सादा पोशाकका प्रहरीले अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेको’ आपत्ति जनाएको हो ।
कार्यक्रममा उपस्थित पत्रकारहरुले सामूहिक रुपमा प्रतिवाद गरेपछि प्रहरीको टोली फर्किएको प्रेस चौतारीका महासचिवले बिहीबार विज्ञप्ति जारी अध्यक्ष बस्नेतलाई पक्राउ गर्न गरिएको प्रयासप्रति भत्सना गर्नुभएको हो ।
‘समाचारमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानुनी व्यवस्था रहेको छ । यसो हुँदाहुँदै पनि जनता टाइम्स डटकममा समाचार लेखेकै कारण अपराधी जसरी सुनियोजित रुपमा पक्राउ गर्न खोजिनु स्वतन्त्र प्रेस र देशको कानुनको समेत ठाडो उल्लंघन रहेको प्रेस चौतारी नेपालको ठहर छ’ महासचिवले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ– ‘यस घटनाको निन्दा र भत्र्सना गर्दै घटनाको छानविन गर्न मागसहित आगामी दिनमा यस्ता हर्कत नदोहोर्याउन हामी चेतावनी दिन चाहन्छौं । अन्यथा, त्यसबाट उत्पन्न हुने परिस्थितिको स्वयम् सम्बन्धित निकायले लिनुपर्नेतर्फ बेलैमा सचेत गराउन पनि चाहन्छौँ ।’
बस्नेतलाई पक्राउ प्रयासप्रति नेपाल पत्रकार महासंघ, समाजवादी प्रेस संगठन, नेपाल र नेपाल प्रेस यूनियनले समेत आपत्ति जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति