
बाँके । नेपालगञ्जका सडकमा जकरान्दा फूलका बिरुवा रोपी सफा, स्वच्छ, हराभरा सहर बनाउने अभियान शुरु भएको छ ।
हरित अभियन्ताले नेपालगञ्ज बजारको मुख्य सडक रत्न राजमार्गस्थित सडक परिसरमा बिरुवा रोपी हराभरा बनाउन लागेका हुन् । ‘हामीले रोपेका यी जकरान्दालाई संरक्षण गर्न सकियो भने यसले सडकलाई मात्र नभई सहरलाई नै सुन्दर बनाउने छ’ हरित अभियन्ता प्लाष्टिक सर्जन डा विनोद कर्णले भन्नुभयो– ‘शहरको सुन्दरतालले पनि नेपालगञ्जको पहिचान निर्माण गर्दछ । त्यसैले हामीले नेपालगञ्जको सुन्दर पहिचानका लागि बिरुवा रोप्ने काम शुरु गरेका हौँ ।’
डा कर्णसहित वन तथा प्रकृति संरक्षणका क्षेत्रमा क्रियाशील बिन्दु घर्तीमगर, ऋषिराज देवकोटा, वसन्ती खड्कालगायतका अभियन्ता सडक आसपासमा जकरान्दाको बिरुवा लगाउन खटिनुभएको हो । हरित अभियन्ता डा कर्णका अुनसार प्रत्येक वर्ष विभिन्न प्रजातिका बिरुवा लगाउँदै आएकामा यस वर्ष भने जकरान्दा फूलका बिरुवा मुख्य सडकसहित आसपासका क्षेत्रमा लगाइएको हो ।
नगर प्रमुख प्रशान्त विष्टको नेतृत्वमा नेपालगञ्ज उपमहानगरपालिका–७ रानीतलाउमा ६ वटा जकरान्दाको बिरुवा रोपिएको हरित अभियन्ता डा कर्णले जानकारी दिनुभयो ।
उहाँका अनुसार सरकारी कार्यालयलाई हराभरा र सुन्दर बनाउने उद्देश्यले वडा नम्बर १ कार्यालय परिसरमा नौ वटा जकरान्दाका बिरुवा रोपिएका छन् । त्यसैगरी वडा नं २० को भीमसेन मन्दिरमा पनि जकरान्दाका ६ वटा बिरुवा लगाइएको छ । अभियानकै रुपमा लगाउन सुरु गरिएको जकरान्दालाई सुर्खेत रोड र वाटरपार्क क्षेत्रभित्र १४ वटा जकरान्दा लगाइएको हरित अभियन्ता डा कर्णले बताउनुभयो ।
आव २०८०÷८१ मा नेपालगञ्जस्थित सडक विभाग कार्यालय परिसरमा १८ वटा बिरुवा लगाइएको छ । तीमध्ये १३ वटा जोगिएका छन् भने बाँकी पाँच वटा भने छाडा पशुचौपायाका कारण जोगाउन नसकिएको हरित अभियन्ता डा कर्णले बताउनुभयो ।
उहाँका अनुसार मङ्गलप्रसाद महिला कलेजमा गुलमोहर, निम, जकरान्दा, कपुर लगायत २५ वटा बिरुवा लगाइएको छ । डा कर्णले आफ्नो जन्मदिनका अवसरमा नेपालगञ्ज औद्योगिक क्षेत्रको बाहिरपट्टी ११ र नेपालगञ्ज–काठमाडौँ बसपार्कमा ६ वटा जकरान्दा लगाएर हरित अभियानलाई निरन्तरता दिँदै आउनुभएको छ ।
आव २०७९÷८० मा डा कर्णले फुल्टेक्रस्थित विद्यालयमा निम, रातो गुलमोहर, कपुरलगायत १५ वटा बिरुवा लगाउनुभएको थियो । यसैगरी उहाँले रानीतलाउमा रातो गुलमोहर १० वटा बिरुवा लगाउनु भएको छ । त्यस्तै गाडिएनपुरुवास्थित शारदा मावि र बसपार्कमा ३५ वटा बिरुवा लगाएको डा कर्णले बताउनुभयो ।
नेपालगञ्ज सहरलाई हरियाली बनाउन २०७२ सालदेखि विभिन्न प्रजातिका फूलका बिरुवा लगाउन सुरू गरिएको हो । लगाइएको बिरुवामध्ये ७० देखि ८० प्रतिशत बिरुवा हुर्किएको हरित अभियन्ता डा कर्णको भनाइ छ । डा कर्णले सुरुका वर्षमा नेपालगञ्जस्थित हिमाली नर्सरीबाट व्यक्तिगत खर्चमा बिरुवा लगाएको बताए पनि पछिल्ला वर्षमा राप्ती सहायक वन डिभिजन कार्यालयबाट साना बिरुवा ल्याई ठूलो बनाएर सार्ने गरेको बताउनुभयो ।
जकरान्दा फूलका ४९ वटा प्रजातिमध्ये यहाँ लगाइएको यो एक प्रजातिको फूल हो । यो फूललाई एशियाका विभिन्न देशहरुमा लगाइने गरिन्छ । जसअन्तर्गत नेपाल, पाकिस्तान र भारतका धेरै भागहरुमा यो अत्यधिकमात्रामा पाइन्छ । गर्मी मौसम शुरु हुनै लाग्दा जाकरान्दा फुल्ने गर्दछ । यो वैजनी रङमा फुल्ने गर्दछ । नेपालमा जकरान्दा लगाउनलाई वर्षायामको समय उचित वातावरण मानिन्छ ।
यो फूलको बिरुवा संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, इटली, मेक्सिको, कोलम्बिया, सउदी अरब, ब्राजिल, दक्षिण अफ्रिका, जिम्बावे, इजÞराइल, पोर्चुगल, स्पेनलगायका देशमा पाइन्छ । पछिल्लो समय नेपालमा पनि जकरान्दा फूललाई विशेष महत्वका साथ घरको आँगन, स्कूल, मन्दिर, खुला चौर तथा सरकारी कार्यालय परिसरमा लगाउने गरेको पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक