
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गतको आँबुखैरेनीमा बस र मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा आज दिउँसो सवा २ बजे भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ७१४५ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको बा ९१ प २४५७ नम्बरको मोटरसाइकल ठक्किँदा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–२ बस्ने २८ वर्षीय आस्विन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते सुनारलाई तत्काल आँबुखैरेनी अस्पताल लगिएकामा २ः३० बजे चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
प्रहरीले बस चालक लमजुङको सुन्दरबजार नगरपालिका–८ बस्ने २८ वर्षीय दीप भुजेललाई नियन्त्रणमा लिएको छ । यसैगरी बसको पछाडिपट्टि बि ४६५० नम्बरको कार ठोक्किएको थियो ।
पुलबाट बस खस्दा ११ घाइते
आँबुखैरेनी गाउँपालिका–३ स्थित गाउँपालिकाको कार्यालय अगाडिको पुलबाट आज बस खस्दा ११ जना घाइते भएका छन् ।
मुग्लिनबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९४०२ नम्बरको बस पुलबाट खस्दा एघार जना घाइते भएका हुन् । वडा नम्बर ३ र २ जोड्ने खहरेखोलामा निर्माण गरिएको पुलको बीच भागमा ग्याप रहेको र सोही ग्यापबाट बस खसेको हो ।
घाइतेहरू सबैलाई आँबुखैरेनी अस्पताल पु¥याइएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक दीपक रायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘त्यस ठाउँमा नयाँ र पुरानो दुई वटा पुल छन् । बीचमा ग्याप छ । बस चालक झुक्किएर ग्यापबाट बस खसेको देखिन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति