
स्याङ्जा । पुतलीबजार नगरपालिका–१३ हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’ योजनाअन्तर्गत धारा जडान गरिएका छन् ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाका अनुसार लामो समयदेखि खोल्सा तथा कुवाको पानी प्रयोग गर्दै आएका स्थानीयका घरमा गरिएको हो । दरौँखोला किनारको मूलबाट पानी तानेर वितरण गरिएको हो ।
‘सङ्घीय सरकारअन्तर्गत आव २०७४ र ७५ मा निर्माण शुरु भएको उक्त आयोजना कार्यान्वयनका लागि गण्डकी प्रदेशमा हस्तान्तरण भई आएको थियो’ उहाँले भन्नुभयो– ‘निर्माण शुरु भएदेखि क्रमिक रूपमा निर्माण सम्पन्न हुँदाको समयसम्म करिब ४ करोड रुपैयाँ खर्च भएको छ ।’ सङ्घीय सरकारबाट विनियोजन भएको ३ करोड ५४ लाख र स्थानीयको जनश्रमदान ४१ लाख गरी ३ करोड ९५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
‘सञ्चालनमा आएको खानेपानी आयोजना गुणस्तर तथा शुद्धीकरणको नमूनाका रूपमा रहेको छ’ उहाँले भन्नुभयो, ‘पानी शुद्धीकरणका लागि फिल्टरलगायत उपकरण जडान गरिएको छ ।’ निर्माण शुरु भएको सात वर्षपछि धारामा पानी आउँदा स्थानीयमा खुशी छाएको छ ।
योजना सम्पन्न भई सञ्चालनमा आएसँगै हीरापाटा, न्यौपाने थर, जामुने, देउराली, लौके, बगैँचा, मान्केस्वाँरा, भैरवथानका १ सय ५० घरका सात सय ९५ जना प्रत्यक्ष लाभान्वित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति