
काठमाडौँ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) श्यामलाल ज्ञवालीलाई आज विदाई गर्नुभएको छ ।
आज नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महानिरीक्षक कुँवरले ज्ञवालीले सङ्गठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, सङ्गठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका काम गरेको बताउनुभयो ।
अपराध न्यूनीकरण तथा अनुसन्धान, शान्तिसुरक्षा व्यवस्थापन, नीतिनिर्माण, सङ्गठनिक सुदृढीकरणका साथै सङ्गठनको रणनीतिक कार्ययोजना कार्यान्वयनमा ज्ञवालीले पु¥याउनुभएको अतुलनीय योगदानको उहाँले चर्चा गर्नुभयो । महानिरीक्षक वसन्तबहादुर कुँवरले ज्ञवालीलाई मायाको चिनो पनि प्रदान गर्नुभएको थियो ।
प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले आगामी दिनमा पनि सङ्गठनलाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । ज्ञवाली विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ दर्जागत उमेरहदका कारण भदौ २६ गते सेवानिवृत्त हुन लाग्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति