
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले विगतको द्वन्द्वका घाइते अवकाश प्राप्त सैनिकलाई सम्मान गर्नुभएको छ ।
सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा उहाँले एकजना घाइतेलाई चारपाङ्ग्रे स्कुटर तथा अन्य ३४ जनालाई जनही १ लाख ४० हजार रुपैयाँका दरले आर्थिक सहायता प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
त्यस अवसरमा प्रधानसेनापति सिग्देलले गत चैतमा डोल्पाको ठूलीभेरी नगरपालिका–४ स्थित तिप्लामष्ट भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रणका क्रममा वीरगति प्राप्त जमदार केशव जार्गा मगर, सिपाहीद्वय हेमन्त रावत र आशिक बुढाको परिवारलाई जनही १ लाख ४० हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गर्नुभयो ।
कार्यक्रममा गिनिज वल्र्ड रेकर्डमा विभिन्न ५ विधामा विश्व कीर्तिमान राखी नेपाल र नेपाली सेनाको गरिमा उच्च राख्न सफल प्युठ हरिचन्द्र गिरीलाई १ लाख ५० हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरियो ।
त्यस अवसरमा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी छात्रा आइष्मा आचार्यलाई ५१ हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरियो ।
छात्रा आचार्यले विसं २०८० को विद्यालय शिक्षा (एसइई) परीक्षामा उत्कृष्ट नतिजा र राष्ट्रियस्तरको खेलकुद (एथलेटिक्स विधा) मा विभिन्न समयमा दुई स्वर्ण, एक रजत र एक कास्य पदक प्राप्त गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति