
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा नै मौलिक हकका रुपमा समावेश गरिएको खाद्य अधिकारलाई सुनिश्चित गर्न सरकार, निजी क्षेत्र, विकास साझेदार लगायत सबै निकायले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको नेपाल खाद्य मञ्चको उद्घाटन गर्दै यसमा जोड दिनुभएको हो ।
‘खाद्य सुरक्षामा जोखिममा रहेका समुदायलाई पनि मञ्चमा समेटिनुपर्छ, नयाँ साझेदारी निर्माण गर्ने अवसर मञ्चले दिएको छ, कृषि क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको छ, यसैले सरोकार भएका निकायले खाद्य सुरक्षा सुनिश्चित हुनेगरी काम गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
कृषि क्षेत्रलाई जलवायु परिवर्तन, वैदेशिक रोजगारीमा युवाको बढ्दो सहभागिता, कृषिमा युवाको रुचि कम हुनुले चुनौती थपे पनि यसलाई नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्नुपर्ने सुझाव उपराष्ट्रपति यादवले दिनुभयो ।
नेपाल खाद्य मञ्चमा युवाको सहभागिता धेरै देखिँदा आशा जागेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले खाद्य आत्मनिर्भरताका लागि कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो । मञ्चमा कृषिसँग सम्बन्धित सरकारी एवं गैरसकारी क्षेत्र, युवा, निजी क्षेत्रका गरी पाँच सयजनाको सहभागिता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति