
सर्लाही । सर्लाहीमा राजनीतिक दलका कार्यकर्ता र प्रहरीबीचको झडपको कारण तनाव उत्पन्न भएपछि त्यसलाई नियन्त्रण गर्न प्रशासनले कर्फ्यू लगाएको छ ।
बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन माग्दै शुक्रबार कांग्रेससहितका दलले गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएको थियो । झडपमा बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि जिल्ला प्रशासनले कर्फ्यू लगाएको हो । शुक्रबार बेलुका साढे ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्म कर्फ्यू जारी गरिएको प्रशासनले जनाएको छ । प्रशासनले कर्फ्यू अवधिमा बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सीमा क्षेत्रभित्र कसैले आजवतजावत गर्न, भेला हुन र बाहिर हिलडुल गर्न नपाउने जानकारी गराएको छ ।
प्रदर्शनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा गरेपछि झडप भएको हो । । स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार र हवाई फायर गरेको थियो। प्रदर्शनकारीले नगरप्रमुखको घर तोडफोड गर्दै एउटा चारपाङ्ग्रे गाडी जलाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायल र इरान युद्धको विरोधमा काठमाडौँमा प्रदर्शन
- उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न
- नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण : सञ्चारमन्त्री गुरुङ
- विनयी खोलाको डाइभर्सन बगाएपछि नारायणघाट–बुटबल राजमार्ग अवरुद्ध
- पाठकलाई साइबर ब्युरोले भन्यो - 'प्रहरी कार्यालयमा उपस्थित हुनु'
- फ्रि वाईफाईको नाममा वर्ल्डलिंकको बदमासी, नियामक निकाय मौन !
- रास्वपाका सांसदहरु निलो रिबन लगाएर संसदमा आएकोमा कांग्रेसको नियमापत्ति
- प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै मुस्ताङ
- वर्षाका कारण विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना