
काठमाडौँ । सभामुख देवराज घिमिरेले निर्वाध रुपमा सदन सञ्चालनको वातावरण बनाउने विषयमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्नुभएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफलमा उहाँले दलबीच सहमति नहुँदा आगामी बैठक प्रभावित हुने अवस्था आएकामा चिन्ता व्यक्त गर्नुभएको थियो ।
सभामुख घिमिरेले दलबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठक र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नभएको बताउनुभयो । बैठक अवरुद्ध हुँदा संसद्का बिजनेश प्रभावित तथा संवैधानिक संकटको अवस्था सिर्जना हुनेतर्फ उहाँले दलको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमितताका विषयमा संसदीय छानविन समिति माग गर्दै संसद्का बैठकमा अवरोध गर्दै आएको छ । त्यो दलले राष्ट्रपति रामचन्द्र पौडेलबाट आज सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आवको नीति तथा कार्यक्रमको प्रस्तुत गर्न दिने र त्यसपछिका बैठकमा विरोध जारी रहने जनाएको छ ।
कांग्रेसका सचेतक सुशीला थिङले कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहने सभामुखलाई जानकारी गराउनुभयो । ‘छानविन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ’ उहाँले भन्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार संसद्मा विरोध गर्ने निर्णयलाई कांग्रेसले पुनर्विचार गर्नुपर्नेमा जोड दिनुभएको थियो । ‘उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई गएको बैठकमा सभामुखले बोल्न समय दिनुभएको थियो, अवरोधका कारण बोल्न पाउनुभएको छैन । आजको बैठकमा त्यसको निरन्तरता स्वरुप बोल्न दिनुपर्छ’ सभामुखसँगको छलफलमा उहाँले भन्नुभयो ।
छलफलमा सभामुखले आजको संयुक्त सदन र प्रतिनिधिसभाको बैठकका कार्यसूचीबारे जानकारी दिनुभएको थियो । उहाँले नीति तथा कार्यक्रममाथिको छलफलको तयारीबारे पनि जानकारी गराउनुभएको थियो । प्रमुख सचेतकसँगको छलफल सकिएपछि सभामुखले अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक राख्नुभएको छ ।
छलफलमा उप सभामुख इन्दिरा राना, कानुन न्याय तथा र्ससदिय मामिला मन्त्री पदम गिरी, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तैला नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे सहभागी हुनुहुन्थ्यो ।
यसैबीच, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम, प्रतिनिधिसभामा जारी अवरोधकाबीच राष्ट्रियसभालाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग छलफल गर्दै हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु