
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग विश्वमा नयाँ युगको आरम्भ गर्नाका साथै चुनौती पनि थपेको बताउनुभएको छ ।
एमालेको विज्ञान तथा प्रविधि विभागले आज आयोजना गरेको कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) तथा नवीन प्रविधिका विषयक राष्ट्रिय सम्मेलनमा शङ्कर महासचिव पोखरेलले आधुनिक समयमा सूचना, विज्ञान र प्रविधिलाई आत्मसात् गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा महासचिव पोखरेलले प्रविधिको विकासलाई आत्मसात् गरेर मात्र समृद्धि प्राप्त गर्न सकिने बताउँदै आफ्नो पार्टीले यस क्षेत्रलाई सधैँ महत्व दिँदै आएको जनाउनुभयो । विभागका प्रमुख टङ्क कार्कीले आर्टिफिसियल इन्टेलिजेन्सको विकास, यसको प्रभाव र नीतिगत व्यवस्थाका विषयमा बहस गर्नुपर्नेमा जोड दिनुभयो ।
विभागका सचिव सञ्जीव रोकाहाका अनुसार कार्यक्रममा सूर्यबहादुर बस्नेत, रमेश पौडेल, डा झनक पराजुली, विवेक रानाले आर्टिफिसियल इन्टेलिजेन्सका विविध पक्षबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा