
तनहुँ । पृथ्वीराज मार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका– १ गुणादीमा शनिबार विहान कार बसमा ठक्कर खाँदा तीन यात्रु घाइते भएका छन् । पोखराबाट दमौली जाँदै गरेको ना ५ ख ५३५९ नं. को बस रोकी राखेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको बाग्मती बि ए सी ५७० नं.को कार बसको पछाडिको भागमा ठोक्किदा घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपिलराज बोहराले दिनु जानकारी अनुसार दुर्घटना हुँदा कार चालक कास्की जिल्लाको पोखरा महानगरपालिका–२५ बस्ने वर्ष ३१ का विकास त्रिपाठी, कारमा सवार पोखरा महानगरपालिका–१६ बस्ने वर्ष ३२ का विकास बानियाँ र सोही महानगरपालिकाको वडा नं. १९ बस्ने वर्ष ३१ का संजिप भण्डारी घाइते हुनु भएको छ ।
तिनै जना घाइतेहरूको दमौली स्थित रत्नहरी मेमोरियल अस्पताल उपचार भइरहेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बोहोराले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर