
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परी ६ सय ७४ जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष २०७७/७८ देखि गत फागुन मसान्तसम्म सुदूरपश्चिमका नौवटा जिल्लामा सवारी दुर्घटनाबाट ६ सय ७४ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।
ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार चालु आवको फागुनसम्म सुदूरपश्चिममा एक सय १४ जनाको मृत्यु भएको छ । आव २०७७÷७८ मा एक सय ८७, आव २०७८/७९ मा एक सय ९६, आव २०७९/८० मा एक सय ७७ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अनिल उप्रेतीले जानकारी दिनुभयो । अनियन्त्रित गति र सडकका कारण बढीजसो दुर्घटना हुने गरेको उहाँको भनाइ छ ।
‘दुर्घटनाको कारण अनियिन्त्रित भएर सवारी हाँक्नु प्रमुख रहेको छ । कतिपय अवस्थामा सडक पनि दुर्घटनाको कारण बनेका छन्’ प्रनाउ उप्रेतीले भन्नुभयो– ‘प्रदेशका विभिन्न स्थानमा ट्राफिक सचेतनाका कार्यक्रम सञ्चालित छन् ।’
जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विकले तीव्र गति र लागुऔषध सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने गरेको बताउनुभयो । ‘जिल्लामा गत वर्षको तुलनामा चालु आवमा सवारी दुर्घटनाको सङ्ख्यामा कमी आएको छ’ उहाँले भन्नुभयो– ‘चालु आवको हालसम्म यहाँ २२ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।’
प्रनि विकले पछिल्लो समय राजमार्गमा भन्दा भित्री सडकमा दुर्घटना बढी हुने गरेको बताउनुभयो । ‘कञ्चनपुरमा प्रहरीका दश युनिट खटिएका छन्’ उहाँले भन्नुभयो– ‘भित्री सडकमा बढी दुर्घटना हसने गरेको पाएका छौँ । ग्रामीण सडकमा अझै ट्राफिक व्यवस्थापन प्रभावकारी हुन सकेको छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै