
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र जलवायु परिवर्तनका कारण परेको प्रभाव न्यूनीकरणका लागि संसदीय कूटनीतिलाई प्रभावकारीरुपमा अघि बढाइने बताउनुभएको छ ।
स्वीट्जरल्याण्डको जेनेभामा भएको अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु) को एक सय ४८औँ महासभामा सहभागी भई आज स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभामुख घिमिरेले नेपालले भौगोलिक र क्षेत्रीय चुनौतीको सामना गरी जलवायु परिवर्तनको असरबाट जोगिन भूमिका निर्वाह गर्ने विषयमा छलफल भएको बताउनुभयो । नेपालले असंलग्न अभियानमा संलग्न भई आफ्नो भूमिकालाई प्रभावकारी बनाउने विषयमा महासभामा साइडलाइन वार्ता भएको उहाँले जानकारी दिनुभयो ।
चैत १० देखि १४ गतेसम्म सङ्घको प्रधान कार्यालय रहेको जेनेभामा सञ्चालन भएको महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल चैत ८ गते त्यसतर्फ प्रस्थान गरेको थियो । महासभामा सभमुख घिमिरेले ‘संसदीय कूटनीति ः शान्ति र समझदारीका लागि सेतु निर्माण’ विषयमा सङ्घीय संसद्कातर्फबाट सम्बोधन गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर