+

टी-२० को एउटै खेलमा ३० छक्का र ३३ चौका प्रहार

काठमाडौँ । त्रिदेशिय टी-२० श्रृंखला अन्तर्गत आज भएको नामिबिया र नेदरल्यान्ड्सबीचको खेलमा ३० छक्का र ३३ चौका प्रहार भएका छन् । त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेदरल्यान्ड्सले १८ छक्का र २० चौका प्रहार गरेको थियो । नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिट एक्लैले ६२ बलमा ११ चौका र १० छक्काको मद्दतमा १३५ रन जोडे।

यसैगरी नामिबियाले १२ छक्का र १३ चौका प्रहार गरेको थियो ।

पहिले व्याटिङ गरेको नेदरल्यान्ड्सले नामिबिया समक्ष २४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । २४८ रन पछ्याएको नामिबियाले ७ विकेटको क्षतिमा १८८ रन मात्र जोड्न सक्यो । नामिबियाका लागि जान फ्राइलिंकले २७ बलमा ४२ रन र जान ग्रिनले २० बलमा नटआउट ४२ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन ।

दुवै इनिङ्ग्समा गरी कुल ४३५ रन बनेको थियो । जसमध्ये चौका र छक्काबाट मात्र कुल ३१२ रन बन्यो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै