
नेपालगञ्ज । नेपालगञ्जमा हुन लागेको लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
नेपालगञ्ज रङ्गशालामा वैशाख ५ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई भव्य बनाउन रङ्गशाला सरसफाइ, रङ्गरोगन, खेलाडी आवास, यातायातको व्यवस्था लगायत सबै तयारी पूरा भएको प्रतियोगिता आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभएको छ ।
उहाँले पार्किङ व्यवस्थापन, खेलाडीका लागि आवास व्यवस्थापन र खेलाडी बसोबास भएको स्थानबाट रङ्गशालासम्म यातायताको व्यवस्थापन समेत गरिएको बताउनुभयो ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली नेपालगञ्ज आइसकेका प्रतियोगिताको सञ्चारमाध्यम संयोजक निरज गौतमले जानकारी दिनुभयो । नेपालका सात र भारतका एक टोली गरेर आठ टोलीको सहभागिता रहने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीमध्ये सुदूरपश्चिम एफसी आज बेलुका नेपालगञ्ज पुग्ने उहाँको भनाइ छ । गौतमले भारतबाट आउने खेलाडीहरू भोलि नेपालगञ्ज आउने जानकारी दिनुभयो ।
प्रतियोगितामा घरेलु टोली बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूर पश्चिम एफसी, सिलगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल सङ्घ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टोलीले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टोलीले २ लाख ५० हजार रुपैयाँ ट्रफी, मेडलसहित पुरस्कार प्राप्त गर्नेछन् ।
लुम्बिनी कपमा घोषणा गरिएको पुरस्कार राशि अहिलेसम्मकै उत्कृष्ट भएको आयोजकको दाबी छ । प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने