+

एमाले नेता महेश बस्नेतविरुद्ध शोभा पाठकको संगीन आरोप

काठमाडौँ ।पूर्वमन्त्री तथा नेकपा एमाले नेता महेश बस्नेतविरुद्ध पार्टीकै भातृ संगठन युवा संघ, नेपालका केन्द्रीय सदस्य शोभा पाठकले  संगीन आरोप लगाउनुभएको छ । एमालेको विभिन्न कार्यक्रममा समेत सहभागी र सक्रिय हुँदै आउनु भएकी पाठकले आफू पूर्वमन्त्री बस्नेतसँग ५ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलासा समेत गर्नुभएको छ । 


पाठकले सम्बन्ध प्रकरण सार्वजनिक भएपछि पूर्वमन्त्री बस्नेतले चार महिना अघि अनामनगरस्थित सनराइज अपार्टमेन्टको चौँथो तलामा बसोबासको व्यवस्था मिलाएर भेटघाटको लागि उहाँ त्यहाँ बारम्बार आउने गरेको खुलाउनुभएको छ । केही दिन अघिदेखि भने बस्नेतले आफूलाई अपार्टमेन्टबाट निकालेर बिचल्ली पारेको पाठकको आरोप छ । 


पाठकले नेपालकैरनसँगको अन्तरवार्तामा पूर्वमन्त्री बस्नेतले ‘म आएको छु ढोका खोल’ भन्दै फोन गरेको र त्यसपछि ढोका खोल्दा कोठामा अरु २ जना पुरुष पसेर आफूलाई तकियाले मुख छोपेर कुटपिट गरेको सुनाउनुभएको छ । पूर्वमन्त्री बस्नेतको समूहले आफूलाई कुटपिट गर्दै मोबाइल, गरहना र नागरिकता समेत लगेको पाठकले अन्तरवार्तामा उल्लेख गर्नुभएको छ । कुटपिट र लुटपाट प्रकरणबारे प्रहरीमा उजुरी दिन जाँदा सुनुवाई नभएको पाठकको गुनासो छ ।

नेपालकैरनले पाठकसँग लिएको अन्तरवार्ता सुन्न यहाँ क्लिक गर्नुस्  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै