
सिन्धुली । सिन्धुलीमा श्रीमान्ले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर विकले आज बिहान आफ्नी श्रीमती ३४ वर्षीया चेतकुमारी विकको हत्या गरेका हुन् ।
घरबाट एक किलोमिटर उत्तरमा पर्ने धन्सारस्थित खेतमा काम गर्ने क्रममा कोदालोले टाउकोमा प्रहार गर्दा श्रीमती चेतकुमारीको त्यहीँ नै मत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार श्रीमतीको हत्या गर्ने बुद्धबहादुरलाई प्रहरीचौकी दुधौली नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग