+

ललितपुरमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार गर्दै लुटपाट गर्ने २ जना पक्राउ

काठमाडौँ । ललितपुरमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार गर्दै लुटपाट गर्ने २ जना पक्राउ परेका छन् । 

ट्याक्सी चालक लुटपाट आरोपमा खोटाङ घर भई ललितपुर बस्दै आएका २६ वर्षीय सिसन राई र १८ वर्षीय सविन राई पक्राउ परेका हुन् । 

उनीहरूलाई  भदौ १ गते राति ३ बजेतिर एक ट्याक्सी चालकलाई खुकुरी प्रहार गरी लुटपाट गरेको आरोपमा  पक्राउ गरिएको  प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरुले बी एच ९३४५ नम्बरको ट्याक्सीका चालक बद्री नगरकोटीलाई हात्तीवनबाट ठैबतर्फ जाउँ भन्दै ट्याक्सीमा चढेको र ठैब पुगेपछि ट्याक्सी रोक्न लगाउँदै खुकुरी प्रहार गरी लुटपाट गरेका हुन् । 

खुकुरी प्रहारबाट ट्याक्सी चालकको गर्धन र देब्रे हातमा चोट लागेको छ ।  पक्राउ परेकाहरूविरुद्ध ज्यान मार्ने उद्योग र डाँका–चोरी  मुद्दामा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट