
कर्णाली । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभएको छ। हुलाक सेवा विभाग काठमाडौँद्वारा मङ्गलबार वीरेन्द्रनग सुर्खेतमा आयोजित ‘एक स्थानीय तह एक हुलाक’सम्बन्धी अन्तक्रियामा बोल्दै उहाँले हुलाकलाई आजको युग सुहाउँदो संरचनामा लैजानुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो– ‘सूचना र प्रविधिको उच्चतम विकास भइरहेका बेला हुलाक ग्राहक सेवा कार्यालयभन्दा माथि उठ्न सकेको छैन । खारेज गर्ने होइन, हुलाक सेवामा गुणस्तर र छरितोपन ल्याउनुपर्दछ ।’ विभागका महानिर्देशक प्रदीपराज अधिकारीले हुलाक सेवामा बिग्रेको ठाउँमा सच्याउन नसक्दा, काम र विश्वसनीयताका विषय बाहिर नआउँदा यसको आकर्षण घटेको हो । ‘अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर हुलाकलाई उद्योग र व्यवसायका रूपमा लिनुपर्दछ’ उहाँले भन्नुभयो– ‘कानुन तथा व्यवस्था सञ्चालनका लागि हुलाक अतिआवश्यकीय महत्त्वपूर्ण सेवा हो ।’
अदालत, मालपोतलगायतका आधिकारिक र महत्त्वपूर्ण काजगाजतबाहक निकाय हुलाक कुरियर्सजस्तो नभई नागरिकका निम्ति सस्तो र भरपर्दो सेवा भएको महानिर्देशक अधिकारीको जिकिर थियो । महत्व भएर पनि यसको इतिहास, विरासत र आजको कामका बारेमा दर्शाउन नसक्दा हेपाहा दृष्टिले हेरिए पनि हुलाक सेवालाई सरकारी मञ्चका रूपमा ठान्न सरोकारवालालाई उहाँले आग्रह गर्नुभयो ।
कर्णाली प्रदेश सरकारका निमित्त प्रमुख सचिव आनन्द सारुले विश्वमा हुलाक सेवाको दायरा फराकिलो हुँदा पनि राज्यले यसलाई सन्तुलनमा राख्न नसक्दा नेपालमा कामयावी नभएको जस्तो देखिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो–‘राजस्व लिएर हुलाकले गुणस्तर सेवा दिनुपर्दछ ।’ हुलाक पालिकास्तरमा पुग्दा तीनै तहका सरकारबीचको अन्तरसम्बन्ध बढ्ने उहाँको भनाई छ ।
जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनारले हुलाकले आफूलाई प्रविधिमैत्री बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । गाउँपालिका राष्ट्रिय महासङ्घ कर्णाली प्रदेश समिति अध्यक्ष निमबहादुर केसीले सूचना र प्रविधिको युग भनिए पनि नेपालीहरूका लागि घोप्टे युग आएको व्यङ्ग्य गर्नुभयो । प्रविधियुक्त सामग्रीमै घोप्टो परेर समय बर्बाद गर्नेहरूको सङ्ख्या वृद्धि भएको जनाउँदै उहाँले पालिकास्तरमा हुलाक कार्यालय स्थापनाका लागि आवश्यक सहयोग दिने बताउनुभयो ।
हुलाक विभागका पूर्वसहसचिव बालाराम शर्मा देवकोटाले आजको प्रविधिसँगै हुलाक सेवालाई जोडिएर लिनु अपरिहार्य भइसकेको बताउनुभयो । विभागका निर्देशक ध्रुवराज आचार्यले हुलाकको इतिहास, वर्तमान अभ्यास, भइरहेका गतिविधि, यसले सामना गर्नुपरेका चुनौती र भावी रणनीतिसहित सङ्गठन संरचनाबारे आफ्नो प्रस्तुति राख्नुभयो । अन्तक्रियामा स्थानीय तहका प्रमुख/प्रतिनिधि, निजी व्यवसायीलगायत पत्रकारसहित अन्य सरोकारवालाको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग