
भोजपुर । पौवादुङमा गाउँपालिकास्थित सानोदुम्मा माध्यमिक विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिएको छ । विद्यार्थीलाई समयसापेक्ष प्रविधिमैत्री शिक्षणमा जोड दिन ई–लर्निङ सेन्टर स्थापना गरिएको हो ।
ईश्वर मन्दिर काठमाडौँ अभियानले विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिदिएको हो । ईश्वर मन्दिरले २० थान डेस्कटप कम्प्युटर, एक थान स्मार्ट टिभी र एक थान वाइफाई सेट वितरण गरेर यहाँ सेन्टर सञ्चालन ल्याएको हो । विद्यालयमा ८ लाख रुपैयाँ बराबरको सामग्री वितरण गरेर सेन्टर सञ्चालनमा ल्याइएको ईश्वर मन्दिर काठमाडौँका महासचिव सङ्केत कोइरालाले जानकारी दिनुभयो ।
ई–लर्निङ सेन्टर स्थापनाले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणमा सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक खगेन्द्र ढकालले बताउनुभयो । आवश्यकताका आधारमा विद्यालय, समय र विद्यालयभन्दा अन्य समयमा पनि समूह निर्माण गरेर प्राविधिमैत्री शिक्षण गराइने उहाँले जानकारी दिनुभयो । ‘हाम्रो विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गर्न सफल भएका छौँ’ उहाँले भन्नुभयो– ‘सेन्टर स्थापनाले विद्यार्थीलाई समयसापेक्ष प्रविधिमैत्री शिक्षण गराउन सहज भएको छ । अब हामीले प्रविधिमैत्री शिक्षणमा जोड दिन्छौँ ।’ सबै विद्यार्थीलाई प्रविधिसम्बन्धी ज्ञान प्रदान गर्न समूह निर्माण गरेर शिक्षणमा जोड दिइने उहाँको भनाइ छ ।
सेन्टर स्थापना कार्यक्रम पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै प्रविधिमैत्री शिक्षणमा जोड दिइएको बताउनुभयो । समाज सुधारको पहिलो आधार शिक्षा रहेकाले जीवनोपयोगी शिक्षणमा गाउँपालिकाले योजनाबद्ध रूपमा काम गरिहेको अध्यक्ष राईले भन्नुभयो । अध्यक्ष राईले भन्नुभयो– ‘गाउँपालिकासँगै विभिन्न निकायसँगको सहकार्यमा भौतिक निर्माणसँगै आधुनिक शिक्षा प्रणालीमा लगानी गरिरहेका छौँ । शिक्षाले नै समुन्नत समाज निर्माणमा सहयोग गर्ने भएकाले हामीले शिक्षाको क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेका छौँ ।’ गाउँपालिकाभित्रका ३२ वटै सामुदायिक विद्यालयमा व्यवस्थित पस्ताकालयसँगै प्रविधिमैत्री बनाउन ध्यान दिएकोे अध्यक्ष राईले बताउनुभयो ।
पछिल्लो समय विज्ञान र प्रविधिले फड्को मारेकाले शिक्षण पद्धतिलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले बताउनुभयो । डिजिटल प्रविधिको शिक्षण सिकाइमा सहयोग पुर्याउने उद्देश्यले ईश्वर मन्दिर काठमाडौँ अभियानले विद्यालयमा सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
‘आजको युग विज्ञान र प्रविधिको युग हो, हामीले पनि शिक्षालाई समयसापेक्ष अघि बढाउन आवश्यक छ । दूरदराजका विद्यालयलाई प्रविधिसँग जोड्न हामीले अभियान सञ्चालन गरेर आवश्यक प्रोत्साहन गरिरहेका छौँ’ पूर्व अर्थमन्त्री कोइरालाले भन्नुभयो ।
ईश्वर मन्दिर काठमाडौँ अभियान २०५६ सालमा स्थापना गरेर आवश्यक प्रोत्साहन तथा सहयोगका कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै