
म्याग्दी। गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सङ्घीय सरकारले पठाएका टुक्रे योजना फिर्ता गरेको छ । सङ्घीय सरकारले शसर्त शीर्षकमा प्रदेशमा पठाएका टुक्रे प्रकृतिका योजना फिर्ता गरेर त्यहाँको बजेट दायित्व सिर्जना भइसकेका ठूला प्रकृतिका आयोजनाका लागि व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको हो । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सङ्घीयले पठाएको टुक्रे योजनाको बजेट सङ्घीय शसर्तका दायित्व सिर्जना भएका योजनामा रकमान्तरण गरिएको जानकारी दिनुभयो ।
“प्रदेश सरकारले रु ३० लाखभन्दा कम बजेटका योजनामा लगानी नगर्ने नीति लिएको अवस्थामा सङ्घीय सरकारले रु चार÷पाँच लाख बजेटका योजना पठाउँदा समस्या भएको थियो”, उहाँले भन्नुभयो, “सङ्घीय शसर्तका टुक्रे योजनाको बजेट रकमान्तरण गरेर सङघीताकै दायित्व सिर्जना भएका आयोजनामा खर्च गर्न लागिएको हो ।”
सङ्घीय सरकारले गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई चालु आर्थिक वर्षमा रु ३० लाखभन्दा कम बजेटका एक सय ७४ वटा योजनाका लागि रु १६ करोड २५ लाख विनियोजन गरेको थियो । सो बजेट दायित्व सिर्जना भएका सङ्घीय शसर्तका आठ वटा सडक योजनामा रकमान्तरण गरिएको मन्त्रालयले जनाएको छ । यी आयोजनाका लागि चालु आर्थिक वर्षमा रु एक करोड १५ लाख मात्र बजेट विनियोजन भएको थियो ।
सङ्घीय शसर्तको दायित्व सिर्जना भइसकेको स्याङ्जाको मिर्मी–क्याक्मी–भिमाद सडक आयोजनाका लागि चालु आर्थिक वर्षमा बजेट शून्य थियो । रु तीन करोड ५० लाख भुक्तानी दिनुपर्ने कास्कीको फुर्सेखोला–रायोडी– मट्टिखाना सडकमा रु २० लाख मात्र बजेट आएको थियो ।
मन्त्रालयको सडक तथा सहरी विकास महाशाखाका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर राम पराजुलीले सङ्घीय अर्थ मन्त्रालयले शसर्त शीर्षकको एउटा आयोजनाको बजेट अर्को योजनामा रकमान्तर गर्न प्रदेशकोे आर्थिक मामिला मन्त्रालयलाई अधिकार दिएपछि भौतिकले अधुरा आयोजनालाई बजेट व्यवस्थापन गरेको बताउनुभयो ।
“सङ्घीय शसर्तका दायित्व सिर्जना भइसकेका ३० भन्दा बढी आयोजनाका लागि रु एक अर्ब ६५ करोड बजेट आवश्यक छ”, उहाँले भन्नुभयो, “टुक्रे योजनाको बजेट काम भइरहेका र भुक्तानी दिनुपर्ने योजनामा ब्यवस्थापन गरिए पनि अपुग भएकाले अप्ठ्यारो परेको छ ।”
मन्त्री जुग्जालीले अधुरा आयोजनालाई पूर्णता दिन निर्माण व्यवसायीलाई काममा फर्काउने र बजेट व्यवस्थापन गर्ने कामलाई सँगसँगै अघि बढाएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग