+

टाटाको नेक्सन इभी गुड्दा गुड्दै ‘व्हील एक्सल’ भाँचिएर दुर्घटना, एकजना घाइते

भक्तपुर । सडकमा गुड्दा गुड्दै गरेको अवस्थामा टाटाको नेक्सन इभी गाडीको टायर अड्याउने मुख्य डन्डी (व्हील एक्सल) एक्कासी भाँचिएर  दुर्घटना हुँदा एकजना घाइते हुनुभएको छ । सोमबार साँझ भत्तपुरको सृजनानगरमा  गुडिरहेको कारको व्हील एक्सल भाँचिएर दुर्घटना हुँदा गाडीमा सवार काठमाडौँको हेपाली हाइटकी नारायणी पौडेल घाइते हुनुभएको हो ।

घाइते पौडेललाई उपचारका लागि भत्तपुर अस्पताल लगिएको छ । सल्लाघारीबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२८ चा १७२८ नम्बरको टाटाको नेक्सन इभी कारको अगाडिको चालकतर्फको व्हील एक्सल एक्कासी भाँचिएर दुर्घटना भएको हो । 

गुडिरहेको अवस्थामा अगाडिको टायरको पुरै भाग उछिट्टिएपछि गाडी सडकमा घसारिदै किनारको रेलिङमा बज्रिएको थियो । दुर्घटनामा परेको गाडी क्षतविक्षत् भएको छ । 

गाडी धनी केशवराज शर्माका अनुसार उहाँ आफैले सामान्य गतिमा गाडी चलाएर भत्तपुरबाट काठमाडौँतर्फ आउदै हुनुहुन्थ्यो । सृजनानगर चोकमा पुगेपछि गाडीमा एक्कासी ठूलो आवाज सहित चालकतर्फको व्हील एक्सल भाँचियो र एउटा टायर उछिट्टिएर सडकको अर्को किनारामा पुग्यो । ‘गाडी तीन फन्का घुमेर सडकमा घिसारिदै विपरीत दिशामा गएर सडकको रेलिङ बज्रियो । एयरव्याग खुलेका कारण म अगाडिको सिटमा बस्नुभएकी श्रीमती उषा शर्मालाई केहि भएन, तर पछाडि बस्नुभएकि बुहारी नारायणी पौडेललाई चोट लाग्यो ।’ 

सृजनानगरमै पसल गरेर बस्नै प्रत्यक्षदर्शी राजु विश्वासका अनुसार गाडी गुड्दा गड्दै व्हील एक्सल भाँचिएर टायरको पुरै भाग उछिट्टीएर दुर्घटना भएको बताउनुहुन्छ । विश्वासका अनुसार, ‘हेर्दाहेर्दै गाडीको अगाडिको टायरसहितको एउटा भाग सडकको पारिपट्टीको रोडमा पुग्यो, गाडीचाहीँ तीनफन्का घुमेर रेलिङमा ठोक्किएर रोकियो ।’

सृजनानगर चोकमा डिउटीमा रहेका ट्राफिक प्रहरी कमल चौधरीका अनुसार सामन्य अवस्थामा गुडिरहेको बेला गाडीको व्हील भाँचिएर  दुर्घटना भएको हो । उहाँका अनुसार,  ‘यो दुर्घटनामा मानवीय कमजोरी भन्दा पनि गाडीको प्राविधिक कमजोरी देखिन्छ । गुडिरहेको गाडीको व्हील एक्सल नै भाँचिएर उछिट्टियो, धन्न कुनै ठूलो मानवीय क्षति भएन ।’ 

गाडी धनी शर्माले एक वर्ष अघि मात्रै यो इभी गाडी खरिद गर्नुभएको थियो । ‘यस अघिपनि समय समयमा विभिन्न प्रकारका समस्या आइरहन्थे, शर्मा भन्नुहुन्छ, आजचाहीँ यो इभीकारले झण्डै ज्यानै लियो ।’  

सृजनानगरको यो दुर्घटनाको प्रकृतिहेर्दा टाटाको नेक्सन इभी प्राविधिक रुपमै त्रुटिपूर्ण छ भन्ने आशंकालाई थप बल पुर्याएको छ

नेक्सन इभीको आधिकारीक विक्रेता सिप्रद्धी ट्रेडिङका राजिब रन्जनले यो दुर्घटनाको अनुसन्धान भइरहेको नेपालकैरनसंग बताउनुभएको छ । उहाँले भन्नुभयो,  ‘हामी अनुसन्धानमै छौँ कार गुड्दा गुड्दै एल्लो व्हील कसरी भाँचियो अनुसन्धान पछि मात्रै भन्न सक्छौँ ।’  
  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट