
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सोमबार १३ दशमलव २८ अंकले उकालो लागेर १ हजार ९ सय ९२ दशमलव ३० मा अडिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव १४ अंकले उकालो लागेर ३ सय ५५ दशमलव ९७ मा पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये ३ उपसमूहको शेयर मूल्यमा कमी आउँदा १० उपसमूहको शेयर मूल्यमा भने उकालो लागेको छ । सोमबार विभिन्न कम्पनीका कूल ५९ लाख ८८ हजार ७ सय १७ कित्ता शेयर, २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन् ।
नेप्सेका अनुसार कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । त्यो कम्पनीको ९ करोड ७१ लाख ८० हजार २ सय २९ रुपैयाँ मूल्य बराबरको शेयर कारोबार भयो ।
हिमालयन रिइन्स्योरेन्स ७ करोड ७५ लाख ३ हजार ८ सय २२, शिवम् मिसेन्ट ६ करोड ६७ लाख ६७ हजार ५ सय २८, गुर्खाज फाइनान्स ६ करोड २६ लाख ६४ हजार १८ र सन नेपाल इन्स्योरेन्स ६ करोड १८ लाख ७ हजार ९ सय १८ रुपयाँैबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
सोमबार बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त ८ दशमलव १६, नेपाल वेयर हाउस कम्पनी ७ दशमलव ६५, सोनापुर मिनरल्स ७ दशमलव ३५ र सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ६दशमलव ७२ प्रतिशतले कमाएका छन् ।
समाज लघुवित्त १०, बिपीडब्ल्यू ८दशमलव ७७, किसान लघुवित्त ५ दशमलव ५६, गुर्खाज फाइनान्स ५ दशमलव ३५ र ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलोका लगानीकर्ताले ३ दशमलव ६० प्रतिशतले गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग