
काठमाडौँ । मुलुकको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुर्याएको लर्निङ् रियल्म इन्ष्टिच्युट (एल आर आई) विद्यालयले ३६ औँ स्थापना दिवस सम्पन्न गरेको छ।
स्थापना दिवसको अवसरमा चिनियाँ, जापानी, भितनाम, दक्षिण कोरियाली मुलुकका कलाकारको सहभागितामा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। नेपालस्थित भारतीय दूतावासकी प्रथम सचिव डा अश्वरी बापटले विद्यालयले गुणस्तरीय शिक्षाको विकासमा गरेको प्रयासको सह्राना गर्नुभयो।
विद्याले मानिसको जीवनलाई सुखी र समृद्ध बनाउने भन्दै उहाँले विद्यार्थीले सिकेका ज्ञानले राष्ट्र निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। विद्यालयका प्राचार्य देवकान्त जोशीले विद्यालयले स्थापना कालदेखि हालसम्म विभिन्न आरोह अवरोह पार गरेको बताउँदै अभिभावकको माया तथा कर्मचारीको परिश्रमका कारण विद्यालयले राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहका शैक्षिक संस्थासँग संजाल विस्तार गरेको जानकारी दिनुभयो।
विद्यालयका संस्थापक अध्यक्ष शिवराज पन्तले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन विद्यालयको नीति रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा विद्यालयकी प्रमुख यशोधरा पन्तले विद्यार्थीहरूमा रहेको क्षमतालाई प्रस्फुटन गर्न विद्यालयले विभिन्न अतिरिक्त कार्यक्रमका साथै शिक्षकको अनुभव, ज्ञान, सिप आदानप्रदान गर्दै आएको बताउनुभयो।
सिद्धार्थ वनस्थली विद्यालयका प्रधानाध्यापक रुपक राजवंशीको उपस्थितिमा विदेशी कलाकारले स्थापना दिवसमा विभिन्न स्वदेशी तथा विदेशी नृत्य,बाजा तथा संगीत प्रस्तुत गरेका थिए। उत्कृष्ट शिक्षक, कर्मचारी, विद्यार्थी सामाजिक व्यक्तिहरुलाई पुरस्कृत गरिएको विद्यालयमा करिब ३ हजार विद्यार्थी अध्ययनरत छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित