
काठमाडौँ । झापामा कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव हुने भएको छ । रोटरी क्लब अफ सुरुङ्गाले कनकाई नगरपालिकामा कला, संस्कृति तथा साहित्य महोत्सव गर्न लागेको हो ।
‘कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव’ फागुन १४ गतेदेखि तीनदिनसम्म सञ्चालन हुने आयोजकले विज्ञप्तिमार्फत जनाएका छन् । महोत्सवमा स्थानीय साहित्य गोष्ठी, झापा जिल्लास्तरीय साहित्य गोष्ठी र राष्ट्रिय साहित्य गोष्ठी आयोजना हुने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन अघि स्थानीय कला र संस्कृति झल्किने विभिन्न झाँकीका साथ नगरपरिक्रमा गरिनेछ ।
महोत्सवमा राष्ट्रियस्तरका दर्जनौँ कवि, कलाकार, हास्यकलाकार, गायक तथा संस्कृतिकर्मीको प्रस्तुति रहने छ । महोत्सवमा कला प्रदर्शनी, पुस्तक मेला, पुस्तक वितरण, राष्ट्रिय वेशभूषा, प्रदर्शनी, व्यावसायिक प्रमोसन, सांस्कृतिक कार्यक्रम, स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणआदि कार्यक्रम रहने आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले जानकारी दिनुभएको छ ।
पहिलो दिन कक्षा ६ देखि १२ कक्षासम्मका विद्यार्थीलक्षित कविता लेखन प्रशिक्षण कार्यक्रमको आयोजना हुनेछ भने दोस्रो दिन विभिन्न विद्यालयका शिक्षक, स्थानीय स्रष्टा तथा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीलक्षित ‘कविता लेखन प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति