
तनहुँ । यस वर्षकोे ‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’ साहित्यकार सरुभक्तलाई प्रदान गरिने भएको छ ।
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापना भएको पुरस्कार चैत ३० गते कवि अधिकारीको स्मृति दिवसका दिन प्रदान गर्ने निर्णय भएको मञ्चका अध्यक्ष आकाश अधिकारीले बताउनुभयो ।
यसैगरी, मञ्चद्वारा स्थापना भएको ‘यदुनाथ खनाल सम्मान’ बाट डा भेषबहादुर थापा, ‘नेपाल अधिराज्यमा तनहुँ’ वाङ्मय पुरस्कारबाट भारतको कोलकाताका लेखक डा सत्यप्रकाश तिवारीलाई प्रदान गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । तीनवटै पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ छ ।
दश हजार राशिको गीतल राष्ट्रिय पुरस्कार दैलेखका साहित्यकार ओम रिजाल र पाँच हजार राशिको गीतल प्रतिभा पुरस्कार तनहुँका स्रष्टा नारायणकैलाश सिग्देललाई प्रदान गर्ने निर्णय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा