
काठमाडौँ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च, तनहुँले पूर्वअर्थमन्त्री डा भेषबहादुर थापासहित चार जना स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहमा मञ्चले पूर्वअर्थमन्त्री डा थापालाई सरदार यदुनाथ खनाल सम्मान प्रदान गरिएको हो । नेपाली भाषा, साहित्य, प्रजातन्त्र, आर्थिक विकास तथा परराष्ट्र नीतिमा पुर्याएको योगदानको कदरस्वरुप उहाँलाई कदरपत्रसहित २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
कार्यक्रममा गीतल प्रतिष्ठान नेपालले नेपाल अधिराज्य तनहुँ वाङ्मय कृति पुरस्कार भारतको कोलकताका लेखक डा सत्यप्रकाश तिवारीलाई प्रदान गरेको छ । नेपाली र भारतीय साहित्यको सम्बन्ध प्रगाढ तुल्याउन योगदान गरेकामा उहाँलाई कदरपत्र र २५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो ।
प्रतिष्ठानले क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कारबाट प्राज्ञ सरुभक्तलाई पुरस्कृत गरेको छ । साहित्य, कला र रङ्गमञ्चको उत्थान एवं श्रीवृद्धिमा गरेको योगदानको कदर स्वरुप उहाँलाई पुरस्कृत गरिएको हो ।
यस्तै, गीतल राष्ट्रिय पुरस्कारबाट स्रष्टा ओम रिजाललाई भाषा, साहित्य, कला र वाङ्गमयको क्षेत्रमा उहाँको योगदान स्वरुप कदरपत्र र १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ ।
साथै, गीतल प्रतिभा पुरस्कारबाट नारायण कैलाश सिग्देललाई ५ रुपैयाँ हजारसहित सम्मान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा