
काठमाडौँ । अग्रज साहित्यकार भरत जङ्गमको भ्रष्टाचार सम्बन्धीको उपन्यास ‘कालो सूर्य’ (२०३६) माथि सृजना गरिएको चित्रकलाको प्रदर्शनी काठमाडौँमा शुरु भएको छ ।
पाँच दिनसम्म चल्ने प्रदर्शनीमा चित्रकार इन्दु पन्तले उपन्यास कालो सूर्यका भावलाई २५ चित्रमा उतार्नुभएको छ । उहाँले भ्रष्टाचारका विषयमा लेखिएको उपन्यासका घटना–परिघटनालाई चित्र बनाएर पस्कनुभएको छ, जुन १५ भाषामा प्रकाशित भइसकेको उपन्यासलाई उहाँले अब भाषाविहीन बनाइदिनुभएको छ । अब विश्वका जो सुकैले पनि चित्रमार्फत भ्रष्टाचारविरुद्धको भाव बुझ्न सक्नेछन् ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले आज नेपाल कला परिषदमा ‘कला र साहित्यको सङ्गम ः कालो सूर्य’ विषयक चित्रकला प्रदर्शनी उद्घाटन गर्दै कालो सूर्यले विश्वव्यापी रुपमा प्रभाव पारेको र नेपालीत्वको परिचय पनि विश्वमा पुर्याउन सफल भएकामा प्रशंसा गर्नुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्ययले कलाकार सन्तोष पन्तको ‘हिजोआजका कुरा’ र सर्जक भरत जङ्गमको ‘सेतो सूर्य’ले एउटै कुरा बोलेको र प्रख्यात रहेको सुनाउँदै भ्रष्टाचार नियन्त्रणका लागि शुरुमा आफैँलाई सफाइ गर्नुपर्ने बताउनुभयो ।
चित्रकार इन्दु पन्तले कलामार्फत जीवन्त बनाउनुभएको बताउँदै उहाँले भन्नुभयो– ‘ भरत जङ्गमको लेखन र इन्दुको रेखा र चित्र छन्, तिनले विश्वमै भ्रष्टाचारविरुद्धको कुरा बोलिरहेको छ, उपन्यासलाई कलाले झन् जीवन्त पारिदिएको छ ।’
चित्रकार इन्दु पन्तले सर्जक जङ्गमगमले २०३६ सालमा लेख्नुभएको कालो सूर्य उपन्यास अहिलेसम्म १५ भाषामा प्रकाशित भइरहेको र त्यही पुस्तकलाई चित्रात्मक रुपमा प्रस्तुत गर्न पाउँदा गौरवान्वित महशुस भएको बताउनुभयो ।
अहिलेसम्म कलाकार पन्तले तीनवटा एकल प्रदर्शनी गरिसक्नुभएको छ । जारी प्रदर्शनीमा कालो सूर्य पुस्तकमा आधारित २५ र अन्य दुईसहित २७ चित्र प्रदर्शनीमा समावेश गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति