
काठमाडौँ । दिगो विकाससम्बन्धी एशिया प्यासिफिक फोरममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल बैंकक प्रस्थान गरेको छ ।
फोरममा सहभागी हुन नेपाली प्रतिनिधिको नेतृत्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसहितको टोली थाइल्याण्डको राजधानी बैङ्कक प्रस्थान गरेको होे । प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा रामकुमार फुँयाल, सचिव डा तोयनारायण ज्ञवाली र सहसचिव महेश भट्टराई लगायत सहभागी हुनुहुन्छ ।
आजदेखि शुक्रबारसम्म बैङ्ककस्थित संयुक्त राष्ट्र सङ्घको सम्मेलन केन्द्रमा हुने कार्यक्रममा दिगो विकासका लक्ष्यहरु १, २, १३, १६ र १७ को समीक्षा गरिने आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति