
लिस्बन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले विश्व साहित्य सम्मेलन गर्ने भएको छ । समाजले विश्व नारी दिवसका अवसर पारेर पोर्चुगलको लिस्बनमा आगामी मार्च ८ देखि १० तारिखसम्म आठौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको हो ।
हरेक वर्ष विभिन्न देशमा सम्मेलन गर्दै आएको समाजले यसपटक युरोपेली मुलुक पोर्चुगलमा सम्मेलन गर्न लागेको समाजद्वारा लिस्बनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । विश्वभर छरिएर रहेका नेपाली भाषा, साहित्य र संस्कृतिका अध्येता, लेखक र साहित्यकर्मीहरूको भेला रहने सम्मेलनको व्यापक तयारी भइरहेको अनेसास पोर्चुगलका महासचिव एनबी अन्जानले राससलाई जानकारी दिनुभयो ।
सम्मेलनमा अनेसासका केन्द्रीय समिति, बोर्ड अफ ट्रष्टी, आजीवन सदस्य, साहित्यकार, भाषाविद्, कलाकर्मी, संस्कृतिविद्लगायत गरी विश्वभरका ५० भन्दा बढी च्याप्टरबाट एक सय बढी साहित्यकर्मीको सहभागिता रहने महासचिव अन्जानले बताउनुभयो ।
सम्मेलनमा नेपाली साहित्यमा महिला सहभागिताबारे छलफल, अनेसासका बारेमा छलफल, डायस्पोरा साहित्यबारे विशेष छलफल र चर्चा गरिने उहाँले बताउनुभयो । तीन दिनसम्म चल्ने सम्मेलनमा सम्मान तथा नवरत्न पुरस्कार वितरण, पुस्तक लोकार्पण, बहुभाषिक, सांस्कृतिक कार्यक्रम तथा बहुभाषिक काव्यगोष्ठीका साथै विभिन्न भाषा, कला, साहित्य र संस्कृतिमाथि कार्यपत्र प्रस्तुत र छलफल गरिने बताइएको छ ।
महासचिव अन्जानका अनुसार सम्मेलनको पहिलो दिन विश्व नारी दिवस विशेष कार्यक्रम हुनेछ भने दोस्रो दिन विशेष साहित्य सम्मेलन तथा बहुभाषिक काव्यगोष्ठी र तेस्रो दिन काव्यिक भ्रमणको कार्यक्रम तय गरिएको छ । सो अवसरमा अनेसासका केन्द्रीय सदस्य एवं पत्रकार यादव देवकोटाले ‘नेपाली साहित्य र अबको चुनौती’ विषयमा नेपाली भाषा, साहित्य र संस्कृतिका विज्ञसँग बहस गर्ने कार्यक्रमसमेत रहेको छ । समाजले सम्मेलनलाई भव्यरूपमा सम्पन्न गर्नका लागि विश्वभरका साहित्यकर्मी, कवि, लेखक, पत्रकार तथा सम्पूर्ण सङ्घसंस्थासँग सहयोगको अपिलसमेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति