
काठमाडौँ । यस वर्षको रुद्रराज पाण्डे साहित्य शिक्षा सम्मान प्राध्यापक शङ्करराज पाठकलाई प्रदान गरिने भएको छ ।
रुद्रराज साहित्य सेवा समितिले वरिष्ठ शिक्षाविद् प्राध्यापक पाठकलाई यस वर्षको शिक्षा सम्मान प्रदान गर्ने निर्णय गरेको छ । शिक्षा क्षेत्रमा अनवरत योगदान पुर्याउँदै आएको शिक्षक मासिक पत्रिकालाई पनि यस वर्ष विशेष सम्मान प्रदान गर्ने निर्णय भएको संस्थाका अध्यक्ष डा बद्रीराज पाण्डेले जानकारी दिनुभयो ।
नेपालको शिक्षा, साहित्य, इतिहास तथा अध्यात्मिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका पाण्डेको १२४औँ जन्मजयन्ती कार्यक्रममा उहाँहरुलाई त्यो सम्मान प्रदान गरिनेछ । २०४४ सालमा स्थापित समितिले शिक्षा, साहित्य, इतिहास र अध्यात्म क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्ति वा संस्थालाई प्रत्येक वर्ष आलोपालो गरी पाण्डेको जन्मजयन्तीका अवसरमा सम्मान गर्दैआएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति