
काठमाडौँ । बूढानीलकण्ठमा ‘साहित्यिक– सांस्कृतिक महोत्सव’ हुने भएको छ । नगरपालिकाको आयोजनामा फागुनको दोस्रो साता ‘बूढानीलकण्ठ साहित्यिक(सांस्कृतिक महोत्सव २०८०’ गर्न लागिएको हो ।
महोत्सव आयोजक समितिका सदस्य तथा साहित्यकार बाबु त्रिपाठीले पहिलो दिन फागुन ११ गते वडा १३ स्थित चुनिखेल र दोस्रो दिन फागुन १२ कार्यक्रम बूढानीलकण्ठ मन्दिर परिसरमा महोत्सव हुने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो– ‘महोत्सवमा राष्ट्रिय कलाकार, कवि, आख्यानकार, संस्कृतिविद्लगायत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने छ । सांस्कृतिक सद्भाव र सम्भावनाको आदानप्रदान गर्न महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा स्थानीय सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ ।
उहाँका अनुसार विभिन्न नगरपालिका प्रमुखहरुबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रङ्गमञ्च, गजललगायत बहुविधा तथा क्षेत्रलाई समेट्दै अन्तरक्रियात्मक कार्यक्रम समेत महोत्सवमा हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति